पानी पँधेरोको चाडपर्व अफर, स्कुटर जित्ने अवसर
समाधान संवाददाता
२०७७ कार्तिक ७ गते ९:४३

समाधान संवाददाता, पोखरा
पोखरा ८ नागढुंगामा सञ्चालित पानी पँधेरो ट्रेड स्टोर्स प्रालिले दसैंतिहार कुपनसहितको अफर ल्याएको छ ।
ट्रेडका संस्थापक अध्यक्ष कुलदीप भट्टराईका अनुसार स्टोर्सको शाखामा प्रत्येक हजार रूपैयाँको खरिदमा एउटा गिफ्ट भौचर प्रदान गरिने छ ।
ती गिफ्ट भौचर आगामी १०० दिनपछि औपचारिक कार्यक्रम आयोजना गरी लक्की ड्रमार्फत सार्वजानिक गरिने भटराईले जानकारी दिए ।
बम्पर उपहार १ जनालाई स्कुटर यमाहाको रे जेडआर १२५ छ । अरु आकर्षक उपहार ३ जनालाई माउन्टेन बाइसाइकल, वासिङ मेसिन, ओभन, र विशेष उपहार १८ जनालाई प्रदान गरिने पनि भट्टराईले जनाए ।
नागढुंगामा कर्पोरेट अफिस राखेको स्टोर्सले शाखाहरु बगर, बिरौटा, हरिचोक, काँहुखोला, र तनहुँको भीमाद पनि सञ्चालन गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया