केन्द्र सरकारले निर्णय नसच्याए पश्चिमाञ्चलका संक्रमितको खर्च प्रदेशले व्यहोर्ने

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ११:३१

समाधान संवाददाता, पोखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार गर्न प्रदेश सरकारले पहल गर्ने भएको छ ।

अस्पतालले बिहीबार सूचना निकालेर संक्रमितको उपचार गर्दा शुल्क तिर्नुपर्ने र खाना खाजा व्यवस्थापनका लागि समस्या भए पहिल्यै नगद धरौटी राख्नुपर्ने जनाएको थियो ।

Advertisement

केन्द्र सरकारले संक्रमितको उपचार गर्न हात उठाएपछि प्रदेशले निशुल्क उपचार गर्ने जनाएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च नलिन आफूले संघ सरकारसँग पहल गर्ने भन्दै बिहीबार अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यसँग कुराकानी गरेका छन् ।

‘उहाँसँग कुरा भएको थियो । केन्द्रमा भन्छौं । नभए प्रदेशले नै खर्च व्यहोर्छ भन्नुभएको छ,’ निर्देशक आचार्यले समाधानसँग भने ।

Advertisement

तपाईको प्रतिक्रिया