गण्डकी कोरोना मिटरः आज ९ जिल्लामा थपिए ८४ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक ७ गते १९:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रदेशका ९ जिल्लाका ८४ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा आज संक्रमित भेटिएका हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीका ३२, नवलपुरका २३, तनहुँका १०, बागलुङका ९, गोरखा र म्याग्दीका ३/३, लमजुङका २, स्याङ्जा र पर्वतका १/१ जना छन् ।

Advertisement

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ सय ५१ पुगेको छ । तीमध्ये ३८ सय १५ जना निको भएका छन् भने ५९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया