खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

रासस
यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ ।
नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाईटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ ।
असोज ९ गतेदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ गते समापन भएको हो ।
व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो ।
प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए ।
सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
कोभिड–१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौँं ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीको मनोबल उच्च राख्न तथा विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ को सञ्चालक समितिले ईस्टोनिया सरकार तथा विज्ञको अनलाईन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया