गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १० गते ८:०५

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरका २ र कास्कीका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा गैंडाकोट नगरपालिका ५ का ७३ वर्षे पुरुष र कावासोती नगरपालिका २ का ७७ वर्षे पुरुष छन् । त्यस्तै पोखरा महानगरपालिका १५ का ७८ वर्षे महिला संक्रमितको मृत्यु भएको छ ।
गैंडाकोटाका संक्रमितको चितवन मेडिकल कलेज, कावासोतीका संक्रमितको मध्यविन्दु जिल्ला अस्पताल र पोखराका संक्रमितको चरक मेमोरियल हस्पिटलमा मृत्यु भएको हो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका २२, नवलपुरका १३, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया