पोखरा ५ का संक्रमितको क्षेत्रीय अस्पतालमा मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १० गते ८:२१

समाधान संवाददाता, पोखरा
पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत पोखरा महानगरपालिका ५ का ५५ वर्षे संक्रमितको मृत्यु भएको हो ।
उनमा ६ कात्तिकमा कोरोना पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया र मुटुको समस्या थियो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका २३, नवलपुरका १३, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया