गण्डकीमा आज २५२ संक्रमित थपिए, ४ को मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा विजयादशीको दिन २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका २ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका १०१, नवलपुरका ९८, तनहुँका २६, बागलुङका १७, लमजुङका ५, गोरखाका ४ स्याङ्जाका १ जना छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६७ सय ११ पुगेको छ । तीमध्ये ३८ सय ६४ जना निको भएका छन् ।
४ संक्रमितको मृत्यु
सोमबार ४ संक्रमितको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र नवलपुरका २/२ जनाको मृत्यु पुष्टि गरेको हो ।
उनका अनुसार मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका ५ का ७३ वर्षे पुरुष र कावासोती नगरपालिका २ का ७७ वर्षे पुरुष छन् ।
त्यस्तै पोखरा महानगरपालिका १५ का ७८ वर्षे महिला र पोखरा ५ का ५५ वर्षे पुरुष संक्रमितको मृत्यु भएको छ ।
गैंडाकोटाका संक्रमितको चितवन मेडिकल कलेज, कावासोतीका संक्रमितको मध्यविन्दु जिल्ला अस्पताल र पोखरा १५ का संक्रमितको चरक मेमोरियल हस्पिटल र पोखरा ५ का संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका २३, नवलपुरका १३, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया