आज पनि दसैंको टीका लगाइँदै

समाधान संवाददाता २०७७ कार्तिक ११ गते ९:२१

समाधान संवाददाता 

आज पनि दसैंको टीका र जमरा लगाउने क्रम जारी छ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

Advertisement

हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टिका लगाइँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दसैंको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दसैंको टीका लगाइएको छ ।

Advertisement

दसैंका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गएरातिबाट मात्र टीका लगाउन सुरु भएको छ ।

बडादसैंमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

तपाईको प्रतिक्रिया