२ महिनापछि विद्यालय खुले तर शिक्षक-विद्यार्थीकाे उपस्थिति न्यून

समाधान संवाददाता २०७५ फागुन ८ गते ७:२९

सुन्दरकुमार थकाली

मुस्ताङका विद्यालय २ महिने बिदापछि खुलेका छन् । खुलेका विद्यालयले नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने छन् । जिल्लाका ५६ मध्ये ३६ सामुदायिक विद्यालयले फागुन १ गते नयाँ कक्षा सञ्चालन गरेका हुन् भने अन्य घुम्ती विद्यालयले पुस अगावै नयाँ शैक्षिक सत्रको पढाइ सुरु गरेका हुन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको २ वटा आधारभूत विद्यालयबाहेक घरपझोङ र थासाङ गाउँपालिकाका ३६ विद्यालयलाई मंसिर मसान्तदेखि जाडो बिदा दिइएको थियो । लोमान्थाङ गाउँपालिका छोसेरको दिव्यदीप मावि, वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनीको जनशान्ति मावि, घरपझोङ गाउँपालिका जोमसोमको जनहित मावि, धौलागिरि आवासीय मावि र घरपझोङ १ कै अर्को जनवाल मावि मार्फा, थासाङ १ टुकुचेको योगेन्द्र मावि, थासाङ २ कोवाङको जनआदर्श मावि र थासाङ ३ लेतेको ज्ञानोदय मावि गरी ८ विद्यालयले एसइई परीक्षाको पूर्व तयारीका लागि आफ्ना विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर पठन पाठन गराएका थिए ।

Advertisement

मुस्ताङको तल्लो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयलाई हिउँदमा २ महिना पूरै बिदा दिइन्छ ।

अहिले एसइई परीक्षाका लागि पोखरा झारिएका ८ विद्यालयमध्ये ७ वटा विद्यालयका विद्यार्थीलाई जिल्लामै ल्याएर एसइई तयारी कक्षा सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोतिलाल चर्पाले जानकारी दिए ।

Advertisement

हिउँदे बिदामा रहेका विद्यालयको नयाँ शैक्षिक सत्रको कक्षा सुरु गर्नुपर्ने भएकाले एसइई दिने विद्यार्थीलाई पनि जिल्लामा लगेर तैयारी कक्षाको प्रबन्ध गरिएको इकाइ प्रमुख चपाईंको भनाइ छ ।


बेंसीमा रहेका विद्यालयको अन्तिम परीक्षाको तयारी धमाधम चलिरहेका बेला दुर्गम हिमाली जिल्ला मुस्ताङमा भने नयाँ शैक्षिक सत्र पढाइ सुरु गर्न लागिएको हो । मुस्ताङको तल्लो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयलाई हिउँदमा २ महिना पूरै बिदा दिइन्छ । यसरी हिउँदे बिदा दिइएका यी विद्यालयले चालु शैक्षीक सत्र परीक्षा पुस अघि नै सञ्चालन गर्छन् ।

तर, उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित विद्यालयले भने कात्तिक महिनामै चालु शैक्षिक सत्रको परीक्षा सकेर नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्न विद्यार्थीलाई घुम्ती कक्षाका रुपमा बेंसी झार्ने परम्परा छ । उपल्लो मुस्ताङको १ मात्र दिव्यदीप माध्यमिक विद्यालयले भने एसइई तयारी कक्षा पोखरामै सञ्चालन गरेको छ । विद्यालयका अन्य कक्षाका विद्यार्थी पोखरामै बस्नुपर्ने भएकाले एसइईका विद्यार्थीलाई पोखरामै तयारी गराइएको हो ।
घुम्ती कक्षाका रुपमा पोखरा स्थानान्तरण भएका २० विद्यालयले भने चैत्र मसान्तपछि मात्र गाउँमा लगेर पढाइ सुरु हुने समन्वय इकाइ प्रमुख चपाईंको भनाइ छ । उनले घुम्ती विद्यालयले मंसिरदेखि नै नयाँ शैक्षिक सत्रको पढाइ सुरु गरेको जानकारी दिए ।

शिक्षक-विद्यार्थी उपस्थिति न्यून
लामो बिदापछि विद्यालय खुले तर नयाँ शैक्षिक सत्रको कक्षा सुरु गर्नुपर्ने मुस्ताङको तल्लो क्षेत्रका शिक्षक र विद्यार्थी उपस्थिति भने न्यून छ । विद्यालयको पढाइ सुरु गरिए पनि बेंसी झरेका शिक्षक समयमा नफर्कँदा पठन पाठन रोकिएको जनहित माध्यमिक विद्यालयका विद्यार्थीले बताए । विद्यालय प्रशासनले भने नयाँ शैक्षिक सत्रको भर्ना, आवास भर्ना लगायत शैक्षिक तयारी गर्नु परेकाले नियमित पढाइका लागि केही साता लाग्ने जनाएको छ । जिल्लाको १ मात्र निजी विद्यालय धौलागिरि आवासीय मावि जोमसोममा भने नयाँ शैक्षिक सत्रको पढाइ तीब्र पारिएको छ ।

धौलागिरिका प्रिन्सिपल चन्द्रबहादुर गुरुङले आफ्नो विद्यालयमा पढाउने पूरै शिक्षक विद्यालयमा उपस्थित भएको दाबी गरे । उनले विद्यार्थीको उपस्थिति पनि राम्रै देखिएको बताए । १ दिनको पढाइले पनि शैक्षिक पठन पाठनमा ठूलो घाटा हुने भएकाले चिसो मौसमका बाबजुद पठन पाठनमा जोड दिइएको उनको भनाइ छ ।

बिदामा रहेका विद्यालयको नयाँ शैक्षिक सत्रको कक्षा सुरु गर्नुपर्ने भएकाले एसइई दिने विद्यार्थीलाई पनि जिल्लामा लगेर तैयारी कक्षाको प्रबन्ध गरिएको इकाइ प्रमुख चपाईंको भनाइ छ ।

बेंसीमा रहेका विद्यालयको अन्तिम परीक्षाको तयारी धमाधम चलिरहेका बेला दुर्गम हिमाली जिल्ला मुस्ताङमा भने नयाँ शैक्षिक सत्र पढाइ सुरु गर्न लागिएको हो । मुस्ताङको तल्लो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयलाई हिउँदमा २ महिना पूरै बिदा दिइन्छ । यसरी हिउँदे बिदा दिइएका यी विद्यालयले चालु शैीक्षक सत्र परीक्षा पुस अघि नै सञ्चालन गर्छन् ।

तर, उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित विद्यालयले भने कात्तिक महिनामै चालु शैक्षिक सत्रको परीक्षा सकेर नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्न विद्यार्थीलाई घुम्ती कक्षाका रुपमा बेंसी झार्ने परम्परा छ । उपल्लो मुस्ताङको १ मात्र दिव्यदीप माध्यमिक विद्यालयले भने एसइई तयारी कक्षा पोखरामै सञ्चालन गरेको छ । विद्यालयका अन्य कक्षाका विद्यार्थी पोखरामै बस्नुपर्ने भएकाले एसइईका विद्यार्थीलाई पोखरामै तयारी गराइएको हो ।

घुम्ती कक्षाका रुपमा पोखरा स्थानान्तरण भएका २० विद्यालयले भने चैत्र मसान्तपछि मात्र गाउँमा लगेर पढाइ सुरु हुने समन्वय इकाइ प्रमुख चपाईंको भनाइ छ । उनले घुम्ती विद्यालयले मंसिरदेखि नै नयाँ शैक्षिक सत्रको पढाइ सुरु गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया