म्याग्दीका १ हजार घर स्थानान्तरण गर्न सिफारिस

रासस, म्याग्दी
पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।
गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिराले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुनःनिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए ।
पालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै टोलीले गरेको स्थलगत अध्ययनपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले एकमुष्ट प्रतिवेदन तयार पारेको हो ।
धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका आठवटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ ।
यस्तै मङ्गलाका नौ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनःनिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।
असार महिनायता म्याग्दीमा पहिराका कारण ३१ को मृत्यु र छ जना बेपत्ता भएका छन् ।
पहिरो, कटान र बाढीले क्षति पु¥याएका भौतिक संरचनाको समेत क्षति विवरण सङ्कलन गरेर पुनःनिर्माणका लागि प्रदेश तथा सङ्घ सरकारका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिएको हो ।
बेनी नगरपालिकाबाहेक पाँचवटा स्थानीय तहका १०६ वटा सडक पहिराले क्षति पुगेको छ । नगरपालिकाले पहिराले क्षतिग्रस्त सडकको विवरण उपलब्ध नगराएकाले प्रतिवेदनमा समावेश नभएको हो ।
पहिराबाट ८४ वटा खानेपानी, ४६ वटा सिँचाइ, ३१ वटा कृषि तथा पशुपक्षी फार्म, ३१ वटा विद्यालय, १७ वटा लघुजलविद्युत्, आठवटा सामुदायिक भवन, सातवटा स्वास्थ्य संस्थामा क्षति पुगेको विवरण तयार भएको छ ।
पहिरोलगत्तै उद्धार, राहत, अस्थायी बसोबास, क्षतिग्रस्त विद्युत्, खानेपानी, सडक मर्मत गरेका स्थानीय तहहरुले पुनःनिर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोतको अभाव भएको जनाएका छन् ।
फाइल फोटो









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया