रुपाका घरघरै खानेपानीका धारा

समाधान संवाददाता, पोखरा
रुपा गाउँपालिकाको १ घर १ धारा अभियान अन्तर्गत ३ हजार ८ सय घरधुरीमा खानेपानीको सुविधा पुगेको छ ।
पालिकाको ९ करोडको लागतमा सञ्चालित विभिन्न खानेपानी आयोजनाबाट घरघरमा खानेपानीको सुविधा पुगेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
करिब २२ हजार जनसंख्या रहेको रुपामा लगभग ४ हजार ३ सय घरधुरी छन । अध्यक्ष ओझाले जनसंख्याको ९० प्रतिशत जनसमुदाय खानेपानीबाट लाभान्वित भएको दाबी गरे ।
पालिकाको वडा नम्बर १ देखि ७ सम्ममा सञ्चालित ५७ खानेपानीका योजना मध्ये ५५ योजना सम्पन्न भएका छन् ।
अध्यक्ष ओझाले घरघरमा पानीका धारा पुर्याउने चुनावी नारालाई आफ्नो कार्यकालमा पूरा गर्ने बताए ।
‘पालिकाले खानेपानीका सबै योजनामा मुहानदेखि टंकीसम्म र सबै घर घरमा पाईप पुर्याउने काम गरेको छ,’ अध्यक्ष ओझाले भने, ‘घरघरमा धारा जडान लगायतका काम स्वयं घरधनीले गरेका छन् ।’
अध्यक्ष ओझाले स्थानीय सरकार र जनताको साझेदारीमा गरेको कारण सबै योजना सफल भएको दाबी गरे ।
रुपा गाउँपालिकामा गण्डकी प्रदेश सरकारका १६ खानेपानी आयोजना सञ्चालित छन् । तीमध्ये १२ योजनाहरु पालिकाको अगुवाइमा पूरा भएका छन ।
प्रदेशका बाँकी ४ योजनाहरु छिट्टै सम्पन्न हुने जानकारी दिँदै अध्यक्ष ओझाले पालिकामा खानेपानी अपुग भए संघीय योजना मार्फत पूरा गर्ने बताए ।
प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले १ घर १ धारा अभियान अन्तर्गतरुपा ७ को पिप्लेबजारमा पिप्ले खानेपानी आयोजनाको शनिबार उद्घाटन गरे ।
उनले पालिकाले विकास निर्माणका सबै काम सबै वडामा समान र सन्तुलित ढंगले अगाडि बढाएको बताए ।
‘खानेपानी, मोटरबाटो, शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम भएका छन्,’ उनले भने, ‘हरेक परिवारलाई उत्पादनमा जोडेर आर्थिक समृद्धिमा लाग्नु पर्छ ।’
उनले स्थानीय सरकारसंगको समन्वयमा विकास निर्माणका काम अगाडी बढाउने उल्लेख गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपा१देउपुरमा १ घर १ धारा अभियानको उद्घाटन गरे । उनले देउपुरबासीले वर्षौैंदेखि झेल्दै आएको खानेपानीको समस्या अब पूरा भएको बताए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया