कोरोना संक्रमित बढेसँगै बेनीमा सचेतनामूलक अभियान

राकेश शर्मा, म्याग्दी
म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै बेनीमा संक्रमणबाट जोगिन सचेतनामूलक अभियान चलाइएको छ ।
कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले स्वाब दिएर समुदायमा घुलमिल हुँदा संक्रमित बढेपछि एकसाता अतिआवश्यक वाहेकको सेवा बन्दगरी आइतबारदेखि अभियान थालिएको हो ।
जिल्ला संकट व्यवस्थापन समिति, बेनी नगरपालिका र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा र्याली निकालेर घरबाहिर ननिस्कन, संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो ।
सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न, लक्षण देखिएका लागि स्वाब दिन अनुरोध गर्दै टोलीले घरदैलो गरेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समुदायस्तरमै कोरोना फैलनबाट रोक्न, भिडभाड हुने सरकारी निकायको सेवाप्रवाहलाई एकहप्ता स्थगन गरेर सचेतना कार्यक्रम गरेको बताए ।
उनले बाहिरी जिल्लाबाट आउनेहरुबाटै जोखिम बढेपछि समुदायमा अपरिचित वा बाहिरबाट आएकालाई निगरानी गर्न टोलटोलमा स्वयंसेवक समेत खटाउने गरी स्थानीयतहसँग सहकार्य गरिएको जानकारी दिए ।
पछिल्लो समय बेनी बजारमा रुघा, खोकी लगायत स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको स्वाब संकलन गरी पिसिआर परीक्षणको क्रममा लक्षण सहितका संक्रमति भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया