कास्कीमा ५० सहित गण्डकीमा थपिए ८८ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक १७ गते १२:०८

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ५० संक्रमित छन् ।
गोखरामा ३३, लमजुङमा २ तथा तनहुँ, नवलपरासी, बागलुङमा १÷१ संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय २८ पुगेको छ ।
तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया