गण्डकीमा सोमबार थपिए १ सय २३ संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक १७ गते १७:२६

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ७ जिल्लामा १ सय २३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ७० संक्रमित छन् । गोरखामा ३३, तनहुँमा ९, नवलपरासीमा ६, लमजुङ, स्याङ्जामा २, बागलुङमा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६३ पुगेको छ । तीमध्ये ४ हजार ४ सय ६ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया