पोखरा ३० को वडा प्रोफाइल

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नं ३० को सम्पूर्ण वस्तुस्थितिसहित प्रोफाइल (पाश्र्वचित्र)सार्वजानिक गरिएको छ ।
आगामी २० वर्षको विकास निमार्णमा सहयोग पुग्ने गरी तयार पारिएको भौगोलिक, आर्थिक तथा तथ्यांकमूलक पुस्तकको सोमबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सार्वजानिक गरे ।
आर्थिक वर्ष २०७५/७६ सम्मको गतिविधिहरुलाई समावेस गरी तयार पुस्तक ८६ पृष्ठको छ ।
पुस्तक सार्वजानिक गर्दै प्रमुख जिसीले भविश्यलाई चित्रित गर्ने गरी तयार पारिएको पुस्तक वडा नं ३० का जनतालाई मात्र नभई समग्र पोखरा र सबै स्थानीय तहका लागि पठनयोग्य र प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।
वडाको जनसंख्या, शैक्षिक, स्वास्थ्य, कृषि, सडक तथा अन्य भौतिक पूर्वाधारको अवस्था एवं कला र संस्कृतिका विविध विषयलाई समेटेर तयार पारिएको दस्तावेजले दीर्घकालीन विकासका योजना र भाविष्यलाई चित्रित गर्न सहज हुने प्रमुख जिसीको भनाइ थियो ।
कार्यक्रममा वडाअध्यक्ष श्रीराम पोखरेलले वडाको भविश्यलाई निर्देशित गराउन सहज हुने गरी तयार पारिएको पुस्तक वडाको सम्पति र भोलिका लागि मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे ।
सोही अवसरमा वडा सदस्य सोमलाल कँडेलले सवैको साथ र सहयोगले तयार पारिएको दस्तावेजले वडालाई भविश्वमा कस्तो बनाउने भन्ने बारेमा मार्गनिर्देशित र विकास निर्माणका लागि सहयोगी सिद्ध हुने धारणा राखेका थिए ।
वडा सचिव दुर्गा न्यौपानेले योजनाबद्ध विकास नै दीगो विकासको आधार भएको विचार राखेकी थिइन् ।
पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सोमलाल कँडेलले र सञ्चालन वडासचिव दुर्गा न्यौपानेले गरेकी थिइन् ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया