युवा बौद्ध संघमा सुदीप

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ९:५५

समाधान संवाददाता, पोखरा

युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहार, नदीपुरको २५ औं साधारण सभा तथा अधिवेशन भएको छ ।

अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि सुदीप प्रधानांगको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

संघको उपाध्यक्ष डा. विनीता बज्राचार्य, सचिव कमला थापा, कोषाध्यक्ष प्रवीण बुद्धाचार्य, सहसचिव सुमन शाक्य छन् ।

कार्यसमितिको सदस्यमा आनन्द बज्राचार्य, अनन्तराज आचार्य, जीतेन्द्र नापित, सुमेध बुद्धाचार्य, प्रीति बुद्धाचार्य र प्रमिला ताम्राकार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया