गण्डकीमा थपिए २८ संक्रमित, ४ को मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ५ जिल्लामा २८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका १८ संक्रमित छन् । नवलपरासीमा ६, तनहुँमा २ तथा स्याङ्जा र गोरखामा १÷१ जना संक्रमित थपिएका छन् ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।
तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् ।
थप ४ को मृत्यु
गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र बागलुङका २÷२ जना छन् ।
पोखरा ५ का ५९ वर्षीय संक्रमितको सोमबार राति ११ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निजमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा १३ का ५५ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान पौने १२ बजे मृत्यु भएको हो ।
बागलुङ नगरपालिका ३ की ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे धौलागिरि अस्पतालले जनाएको छ ।
कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहकी उनको आज बिहान १०ः२० बजे निधन भएको हो । उनमा कोरोनासहित उच्च रक्तचाप, थाईराइड, मधेमेहकोको समस्या थियो ।
बागलुङ नगरपालिका ३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका साढे ५ बजे निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
तपाईको प्रतिक्रिया