गण्डकीमा आज थपिए १२५ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक १८ गते २२:०३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबार १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा १ सय २५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ७० संक्रमित छन् । तनहुँमा २३, बागलुङमा १३, नवलपरासीमा ९ संक्रमित थपिँदा मुस्ताङमा ३, लमजुङमा २ र गोरखामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ८८ पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् ।

थप ४ को मृत्यु

Advertisement

गण्डकी प्रदेशमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र बागलुङका २/२ जना छन् ।

पोखरा ५ का ५९ वर्षीय संक्रमितको सोमबार राति ११ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निजमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा १३ का ५५ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान पौने १२ बजे मृत्यु भएको हो ।

बागलुङ नगरपालिका ३ की ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएकोे धौलागिरि अस्पतालले जनाएको छ ।

कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहकी उनको आज बिहान १०ः२० बजे निधन भएको हो । उनमा कोरोनासहित उच्च रक्तचाप, थाईराइड, मधेमेहकोको समस्या थियो ।

बागलुङ नगरपालिका ३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका साढे ५ बजे निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

तपाईको प्रतिक्रिया