गण्डकीका कृषि मन्त्रीलाई काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ कार्तिक १९ गते ११:४५

पाेखरा
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई काेराेना पुष्टि भएकाे भएकाे छ ।
मन्त्री थापामगरका पिए भरत खनालका अनुसार साेमबार सामान्य खाेकीसहित संकेत देखिएपछि स्वाब संकलन गरिएकाे थियाे । बुधबार बिहान नतिजा पाेजेटिभ आएकाे हाे ।
अहिले मन्त्री थापामगरकाे स्वास्थ्य अवस्था सामान्य छ । उनी आफ्नै निजी निवासमा आइसाेलेसनमा बसेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया