सार्प माइन्डेड सूर्य

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १२:३०

हरि पाण्डे

Advertisement

सूर्यबहादुर केसी नेपालको प्रतिष्ठित एवं वरिष्ठ उद्योगपति हुनुहुन्थ्यो । निजी क्षेत्रबाट नेपालका उद्योग कलकारखानको विकासमा उहाँको महत्वपूर्ण योगदान छ ।

खाद्य उद्योग (फुड इन्डस्ट्रिज), निर्माण उद्योग (कन्ट्रक्सन), प्राविधिक शिक्षा, बैकिङ (फाइनान्स इन्डस्ट्रिज) जलविद्युत (हाइड्रोपावर) गरी मूलत ५ वटा उद्योगको प्रर्वद्धनमा उद्योगपति केसीको योगदान छ ।

खाद्य उद्योगतर्फ उहाँ संस्थापक भएरनेपालमा पहिलो पल्ट गण्डकी नुडल्स (रारा चाउचाउ)स्थापना भयो । निर्माण उद्योगतर्फ उहाँको केसी कन्स्ट्रक्सन (केसी ग्रुप) छ ।

जुन निर्माण कम्पनीले नेपालको उद्योग वाणिज्य क्षेत्रका ठूलाठूला संरचना बनाएको छ । शिक्षातर्फ कुरा गर्ने हो भने, नेपाल इञ्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज छन् ।

Advertisement

माछापुच्छ्रे बैंक, विजयपुर, भगवती, टास्क, गण्डकी जलविद्युत लगायत परियोजना निर्माण भएका छन् । उहाँ धेरै उद्योगहरुको संस्थापक हुनुहुन्थ्यो ।

गण्डकी नुडल्स, नेपाल इञ्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज लगायत धेरै जलविद्युतका आयोजनामा उहाँसँग सहकार्य गर्ने अवसर मिल्यो ।

खाद्य, उद्योग, निर्माण, शिक्षा, बैंकिङ र जलविद्युतको विकासमा उहाँको ठूलो योगदान छ । मेरो विचारमा उहाँ राष्ट्रवादी व्यक्ति हो ।

सार्प माइन्डेड केसी कुनै नकुनै सिर्जनात्मक र रचनात्मक काम गर्ने इनर्जेटिक व्यक्ति हो । केसीले आफै प्रत्यक्ष सहभागी भएर पोखरा औद्योगिक क्षेत्रको स्थापना गर्नेदेखि पोखरामा धेरै उद्योगहरु भिœयाउन पहल गर्नुभयो ।

पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय केसी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस लगायत जुनसुकै राजनीति आस्था विवार अवलम्बन गरेता पनि नेपालको उद्योगको विकासमा लागेको राम्रो व्यक्ति हो ।

केसीले नयाँ युवाहरुलाई उद्यमशीलताको विकासका लागि प्रोत्साहित गर्नुभयो ।

धेरै व्यक्तिलाई उद्योग खोल्न प्रोत्साहित गर्नु भएका केसीले आफ्ना छोराहरुलाई समेत उद्योगको क्षेत्रमा लगाउनुभयो । केसीले खोलेका उद्योगहरुमा धेरैले रोजगारी पाएका छन् ।

जुनसुकै क्षेत्रमा पनि केसीले अत्यन्तै जोखिम मोलेर काम गर्नु हुन्थ्यो । जहिले पनि अत्यन्तै उत्साहित भएर काम गर्ने तथा जस्तोसुकै असहज अवस्थामा समेत काम गर्न सक्ने केसीको निर्णायक क्षमता अब्बल थियो ।

केसी उद्योग कलकारखानाको विकास गर्नेदेखि राष्ट्रिय उत्पादनका योगदान व्यक्ति हो । उहाँलाई उद्योगको क्षेत्रमाराष्ट्रलाई योगदान पु¥याएको पुँजीको रुपमा लिनु पर्छ ।

राष्ट्रले खाद्य, निर्माण, बैकिङ, शिक्षा, र जलविद्युतको क्षेत्रमा योगदान पु-याएको प्रतिष्ठित, सफल र वरिष्ठ उद्योगपति गुमाएको छ ।

केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्दै सबै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

उद्योगपति पाण्डेसँग श्याम कुँवरले गरेकोको कुराकानीमा आधारित

यो पनि

कालको पदमा परेर फर्केका सूर्य

सज्जन थिए सूर्यबहादुर

तपाईको प्रतिक्रिया