गण्डकीमा आज थपिए २७९ संक्रमित, कास्कीका १३३ जना

समाधान संवाददाता २०७७ कार्तिक २० गते २१:१६

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेशमा बिहीबार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । म्याग्दी, मनाङ र मुस्ताङबाहेक बाँकी ८ जिल्लामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ३३ (४७.६७) प्रतिशत छन् ।

त्यसबाहेक नवलपुरमा १ सय ९, पर्वतमा १४, तनहुँमा १३, गोरखामा ४, स्याङ्जा, बागलुङ र लमजुङमा २/२ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

९ सय ३ जनाको स्वाब परीक्षण गर्दा २ सय ७९ जनामा पोजेटिभ देखिएको हो ।

Advertisement

बिहीबार थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ । तीमध्ये ४८ सय २ जना निको भएका छन् ।

बिहीबार १ सय ४५ जना निको भएको निर्देशक शर्माले जानकारी दिए ।

संक्रमितमध्ये ९६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीका ३८, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङ र स्याङ्जाका ७÷७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया