काे काे जालान् प्रचण्डले बाेलाएकाे बैठकमा

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा अाेलीकाे सहमति बेगरै सचिवालय बैठक बाेलाएका छन् ।
प्रचण्डले पटक पटक बैठक बाेलाउन माग गर्दा पनि अाेलीले अस्वीकार गर्दै आएकाे भन्दै एकतर्फी रुपमै बैठक बाेलाएका हुन् । भलै याे बैठकलाई प्रचण्डले अनाैपचारिक बैठक भनेका छन् ।
प्रधानमन्त्रीलाई शुक्रबार विहान टेलिफाेन गरेर बैठकमा सहभागी हुन प्रचण्डले निम्ता गरेकाे भएपनि अाेली अस्वीकार गरेकेा बताइएकाे छ । यसका आधारमा अाेली बैठकमा सहभागी नहुने प्राय निश्चित छ ।
९ सदस्यीय नेकपा सचिवालयका सदस्य मध्ये अरु काे काे बैठकमा सहभागी हाेलान् भन्ने चासाेकाे विषय बनेकाे छ ।
नाै जना मध्ये ५ जना प्रचण्ड माधव नेपाल समुहमा खुलेरै लागेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजि श्रेष्ठ र वामदेव गाैतम एकातिर छन् । उनीहरु सबै जना प्रचण्डले बाेलाएकाे बैठकमा सहभागी हुने बताइएकाे छ ।
बाँकी इश्वर पाेखरेल, रामबहादुर वादल र विष्णु पाैडेल बैठमा उपस्थित हुन्छन् हुन्नन् भन्ने काैतुहल बनेकाे छ । यि तिनै जना मन्त्रिपरिषद सदस्य हुन् । थापा यसअघि पनि प्रचण्ड निवास खुमलटारमा आयाेजित बैठकमा सहभागी भएकाे आजकाे बैठकमा पनि उपस्थित हुने बताइएकाे छ ।
बाँकी इश्वर पाेखरेल र विष्णु पाैडेल धर्म संकटमा परेका छन् । कार्यकारी अध्यक्षले बाेलाएकाे अनाैपचारिक बैठकमा सहभागी नहुनु पनि नहुने तथा गएमा प्रधानमन्त्री रिसाउलान् कि भन्ने चिन्ता उनीहरुमा छ ।
अाेलीकाे सहमति बिनै बैठक बाेलाइएपछि सचिवालय भन्दा तलका बैठक पनि उनकाे सहमति बेगर नै आयाेजना गरिएला भन्ने चिन्ता अाेली पक्षमा छन् । यसरी एउटा अध्यक्षले बैठक बाेलाउने र अर्का अध्यक्षले बहिस्कार गर्ने गतिविधिले पार्टी एकता गम्भीर संकटमा परेकाे नेकपा कै नेता कार्यकर्ता बताउछन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया