गोरखामा यो वर्ष देउसीभैलो खेल्न नपाइने
समाधान संवाददाता
२०७७ कार्तिक २१ गते १६:२१

समाधान संवाददाता, पोखरा
गोरखामा यो तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार सूचना निकालेर कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न आग्रह गरेको छ ।
तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकहाँ जाने, भिड गर्ने काम नगर्न सूचनामा भनिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जारी गरेको सूचनामा जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया