प्रचण्डले बाेलाएकाे बैठकमा वादल, पाैडेल र पाेखरेल अनुपस्थित

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १६:२३

समाधान संवाददाता, काठमाणडाैं ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे सचिवालय सदस्यकाे अनाैपचारिक बैठमा ५ जनाकाे मात्र उपस्थिति भएकाे छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा अाेलीकाे सहमति बेगरै बाेलाइएकाे सचिवालय बैठकमा सरकारमा भएका काेही पनि सहभागी भएनन् ।

Advertisement

९ सदस्यीय सचिवालय मध्ये ४ जना सरकारमा छन् भने ५ जना सरकार बाहिर छन् ।

प्रचण्डले पटक पटक बैठक बाेलाउन माग गर्दा पनि अाेलीले अस्वीकार गर्दै आएकाे भन्दै एकतर्फी रुपमै बैठक बाेलाएका हुन् । भलै याे बैठकलाई प्रचण्डले अनाैपचारिक बैठक भनेका छन् ।

Advertisement

नाै जना मध्ये ५ जना प्रचण्ड माधव नेपाल समुहमा खुलेरै लागेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजि श्रेष्ठ र वामदेव गाैतम एकातिर छन् । यिनै ५ जना बैठकमा सहभागी छन् ।

बाँकी इश्वर पाेखरेल, रामबहादुर वादल र विष्णु पाैडेल बैठमा अनुपस्थित छन् । प्रधानमन्त्री अाेलीले विहानै बैठकमा सहभागी नहुने जानकारी प्रचण्डलाई दिएका थिए ।

तपाईको प्रतिक्रिया