जर्जियामा पछि परे ट्रम्प, ९१७ मतले वाइडनलाई अग्रता

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १६:४०

एजेन्सी

निकै प्रतिस्पर्धात्मक भैरहेकाे अमेरिकी चुनावमा वहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे हार लगभग तय भएकाे छ ।

निकै प्रतिस्पर्धात्मक रहेकाे जर्जिया राज्यमा जाेय वाइडेनले पहिलाे पटक अग्रता लिएका छन् । १ प्रतिशत भन्दा पनि कम मत गन्न बाँकी रहेकाे अवस्थामा जाेय वाइडन ९ सय १७ मतले अघि भएका छन् ।

Advertisement

साे राज्यबाट अहिलेसम्म बाइडनले २४ लाख ४९ हजार ३७१ मत पाएका छन् भने ट्रम्पले २४ लाख ४८ ४५४ मत पाएका छन् ।

याे राज्यमा १६ इलेक्टाेरल कलेज छन् । यस अघि २५३ मत पाइसकेका वाइडनले ६ मत भएकाे नावेदा र ११ मत भएकाे एरिजाेनामा अग्रता लिइरहेका छन् । यी सबै वाइडनकाे पक्षमा गएमा उनकाे मत २८६ हुनेछ । राष्ट्रपति बन्नका लागि २७० मत चाहिन्छ ।

Advertisement

नर्थ क्याराेलिना र पेन्सिभिलामा पनि कडा प्रतिस्पर्धा छ । यी राज्यमा ट्रम्पले अग्रता लिएपनि जाेगाउन सक्छन् कि सक्दैनन् यसै भन्न सकिने अवस्था छैन् ।

तपाईको प्रतिक्रिया