रुपाकोटमा १५ शैयाको अस्पताल बन्ने

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ६:१६

समाधान संवाददाता, पोखरा

कास्कीको रुपाकोटमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्ने भएको छ । पालिकाको वडा नम्बर ६ को रुपाकोट स्वास्थ्यचौकी स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।

अस्पतालको भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८५ लाखको बजेट विनियोजन गरेको पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement

मन्त्रालयका नीति तथा योजना महाशाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले नेपालभरका १० पालिकासँगै रुपामा अस्पताल बन्न लागेको बताए ।

पालिकाले बजारसम्म बिरामी लैजाने बाध्यात्मक अवस्था परिस्थितिलाई कम गर्न र स्वास्थ्य क्षेत्रमा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न यसै वर्ष अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने नीति लिएको थियो ।

Advertisement

आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रममा रुपाबासीलाई अस्पतालको सेवा लिन बजार झर्न नपर्ने गरी विशेषज्ञसहितको १५ शैयाको अस्पताल निर्माण गर्ने उल्लेख छ ।

अस्पतालको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि चमेनागृह, फार्मेसी एम्बुलेन्स, ल्याब व्यवस्थापन गर्ने तयारी गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

‘पालिकामा १५ शैयाको अस्पताल बन्ने पक्का भएको छ,’ अध्यक्ष ओझाले भने, ‘अस्पतालका लागि ९ रोपनी जग्गा व्यवस्थापनको काम भइसकेको छ ।’ अध्यक्ष ओझाले अस्पतालको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी तिहारपछि टेन्डर गर्ने योजना सुनाए ।

उनले पहिलो वर्षको लागि ८५ लाख विनियोजन भएता पनि अस्पताल निर्माणको लागि १८ करोडसम्मको बजेट आउने उल्लेख गरे । कस्तो मोडलको अस्पताल बनाउने भन्ने बारको प्रारुप तयार भई नसकेको जानकारी दिँदै अध्यक्ष ओझाले सबै डिजाइन् संघीय सरकारले गर्ने बताए ।

उनले रुपामा अस्पताल बनाउनका लागि पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री तथा प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीले विशेष पहल गरेको जानकारी दिए ।

रुपामा रुपाकोट, देउराली, थुम्की, हंसपुर र सिद्ध गरी ५ स्वास्थ्य चौकीबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको भएता पनि सुविधा सम्पन्न अस्पताल बन्न सकेको छैन । अहिलेसम्मपनि रुपाबासीले पोखरा, दमौली लगायत स्थानबाट अस्पतालको सेवा लिएका छन् ।

अध्यक्ष ओझाले अस्पताल बनेपछि स्थानीयहरु सेवाको लागि बाहिर जान नपर्ने बताए । अहिले पालिकाको समग्र स्वास्थ्य क्षेत्रको बजेट ६ करोड छ ।

पालिकाका सबै स्वास्थ्य चौकीले ल्याब सहितको स्वास्थ्य सेवा प्रदान गरेका छन् । स्थायी, अस्थायी र करारका गरी ४४ स्वाथ्यकर्मी पालिकामा कार्यरत छन् । स्वास्थ्यमा सबै जनताको पहुँच विस्तार गर्न सबै वडामा स्वास्थ्यचौकी स्थापना गर्नेनीति पालिकाले अगाडि सारेको छ ।

जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न तथा सबै नागरिकका स्वास्थ्यको पहँुच पु¥याउन संघीय सरकारको समन्वयमा वडा नम्बर २, ३ र तालबेसीमा स्वास्थ्यचौकी स्थापना गर्ने तयारी भइरहेको अध्यक्ष ओझाले बताए ।

पालिकाको स्वास्थ्य शाखाले गर्भवती र सुत्केरी भएका महिलाको स्वास्थ्यमा सुधारका लागि स्वास्थ्य संस्थाबाट निशुल्क क्याल्सियम चौकी वितरण गर्ने व्यवस्था मिलाएको छ ।

पालिकाले रुपाबासीलाई घरबाट मोटरबाटोसम्म बिरामी पु¥याउन १ टोल विकास संस्था १ स्टेचरको व्यवस्था मिलाएको छ । पालिकाका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले एम्बुलेन्सको प्रबन्धसमेत गरेको छ ।

पालिकाले स्वास्थ्यचौकीबाट पालिकाको अस्पतालसम्मबिरामी पु¥याउन ५० प्रतिशत अनुदान दिने छ । पालिकाको अस्पतालमा उपचार हुन नसकेपोखरासम्म बिरामी पु¥याउन निशुल्क सेवा दिने व्यवस्था मिलाउने तयारी भइरहेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पोखरासम्म बिरामी पु¥याउने सेवा पालिकामा अस्पताल सञ्चालन भएपछि गर्ने नीतिगत व्यवस्था पालिकाले गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइको लकडानको अवधिमा नेपाल रेडक्रस सोसाइटी रुपा ५ देउराली उपशाखाको एम्बुलेन्ससमेत बिग्रिएको बेलामा पालिकाको गाडीले नै निशुल्क रुपमा एम्बुलेन्सको सेवा दिएको थियो ।

लकडाउनको अवधिमा पालिकाभरका स्वास्थ्य संस्थाहरु २४ सै घन्टा खोलेर ‘स्वास्थ्य सेवा प्रवाह गर्नुको अलवा स्वास्थ्य सेवा घरघरमा’ भन्ने नाराका साथस्वास्थ्यकर्मीहरु ४ हजार १ सय घरधुरीमा पुगेर सबै नागरिकको पुगेर स्वास्थ्य परीक्षण गरेका थिए ।

चितवन काठमाडौंबाट औषधी झिकाएर नियमित औषधी सेवन गर्ने ५ सय ८६ दीर्घरोगका बिरामीलाई घरमा पुगेर सेवा दिएको थियो । विपद्कोष खडागरी समग्र पालिकाको स्वास्थ्य व्यवस्थापन गर्ने नीति अगाडि सारेको अध्यक्ष ओझाले जनाए ।

तपाईको प्रतिक्रिया