खानेपानी संस्थानको आवास भवन

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ९:२७

समाधान संवाददाता, पोखरा

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले शुक्रबार नेपाल खानेपानी संस्थान सेतीपूर्व शाखा अन्तर्गत आवास भवन विस्तारसहित शिलान्यास गरेका छन् ।

शुक्रबार भवन क्षेत्रमा भूमिपूजा गर्दै संस्थानका महाप्रबन्धक प्रसादले उपभोक्ताका हितमा काम भएको बताए ।

Advertisement

डा. प्रसादले पोखरा महानगर १०, ११, १२, १३, १४, १५ लगायत क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने बताए । पोखरा १२ माटेपानीको ओभरहेड ट््यांकी क्षेत्रमा बन्ने भवनले आगामी दिनमा उपभोक्तामैत्री बन्न सहज हुने उल्लेख गरे ।

पोखरामा निर्माण चलिरहेको पानी शुद्धीकरण आयोजनाको अवलोकन, पोखरा महानगर लेखनाथ क्षेत्रमा रहेको खानेपानी उपभोक्ता समितिसँगको छलफल र क्षेत्रीय कार्यालय स्थापनाको योजनामा आएका महाप्रबन्धक डा. भूपेन्द्रले संस्थानको आकार फैलिएको बताए ।

Advertisement

नेपाल सरकार खानेपानी मन्त्रालयबाट हालै विभिन्न सहरमा शाखा विस्तारको योजना स्विकृतिको क्रममा रहेको उल्लेख गरे ।

लेखनाथ साना सहरी खानेपानी कार्यालयमा वीरगन्ज शाखाका प्रमुख ईन्जिनियर निरण महर्जन, पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, इन्जिनियर सन्तोषकुमार दाससहितको टोली पुगेका महाप्रबन्धक डा. प्रसादले लेखनाथवासीको सेवामा संस्थानले प्राथमिकता दिने बताए ।

लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी एवं उपभोक्ता सहभागी छलफल सकारात्मक भएको लेखनाथ खानेपानी उपभोक्ता समितिका सचिव एवं समाजसेवी मुरारी शर्माले जानकारी दिए ।

सचिव शर्माले कर्मचारीका समस्या समाधान, उपभोक्ताको धरौटी रकमको व्यवस्था र लेखनाथवासीलाई स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने योजना ल्याउन संस्थानलाई आग्रह गरेका थिए ।

महाप्रबन्धक भूपेन्द्र प्रसादले सिन्धुलीको दुधौली, कञ्चनपुरको बेलौरी, पुनर्वास, कपिलवस्तुको बाडगंगा, सिराहाको सिराह र वागमती नगर लगायत १५ वटा नगरमा खानेपानी संस्थानले थप सेवा दिने तयारी भइरहेको बताए ।

उनले खानेपानी मन्त्रालयमा १५ वटा शाखा सञ्चालन गर्न स्वीकृतिको क्रममा रहेकोउल्लेख गरे ।

शाखा कार्यालय पोखराका कर्मचारीबीच भएको छलफलमा उपभोक्तासँग गलत मनसायको आर्थिक मिलेमतो पाइएमात्र संस्थानले नछोडने धारणा व्यक्त गरे ।

उनले अख्तियार कार्यालय जान बाध्य बनाउने कर्मचारीले संस्थान र सेवाग्राहीको हित नगर्ने भन्दैै आफूलाई त्यस्तो विषयको जानकारी दिन निर्देशनसमेत दिए ।

उपभोक्ता हितमा २०७५ असार मसान्तसम्म कुनै कारणले पानी महशुलको बक्यौता रहेकालाई २०७७ माघ मसान्तसम्म जरिवानामा दिएको छुटको फाइदा लिन पोखरेली उपभोक्तालाई अनुरोध गरे ।

कात्तिक १ गतेमात्र महोत्तरीको गौशाला शाखाको नयाँ भवन उद्घाटन गरेका महाप्रबन्धक डा. प्रसादले हेमजा शाखा भवनलाई छिटो कार्य सम्पन्न गर्न निर्देशन दिए ।

नेपाल खानेपानी संस्थानमा जोडिन मजुवावस्तीका करिव ६ सय धाराका उपभोक्ता सहमत भएका छन् ।

मजुवाबस्ती, सराङ्कोट, चाउथे लगायत क्षेत्रका उपभोक्ता खानेपानी संस्थानमा संगठित हुने क्रम चलिरहेको पोखरा शाखाका प्रमुख आशीष कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया