टान कार्यसमितिको पदस्थापन

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ९:४७

पोखरा

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६औं अधिवेशन तथा २७ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए ।

Advertisement

केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।

समारोहमा संस्थाका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताए ।

Advertisement

निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष सुशीलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गरे ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी भएका छन् । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन् ।

सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका थिए । २ सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया