गण्डकीका प्रमुख सचिव नेपाल संक्रमणमुक्त

पोखरा
गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमण पुष्टि भएको १५ औं दिन शुक्रबार दोस्रो पटक स्वाब परीक्षण गर्दा शनिबार नतिजा नेगेटिभ आएको हो ।
उनी क्वाटरमै आइसोलेसनमा थिए । प्रमुख सचिव नेपालसहित पत्नी, छोरा, छोरी र भान्सेलाई समेत कोराना पुष्टि भएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । उनीहरुकाे दसै आइसाेलेसनमै बित्याे ।
आइसोलेसनमै रहँदा पनि उनी सरकारका महत्वपूर्ण काममा संलग्न रहँदै आएका थिए । कोरोना नियन्त्रण, रोकथाम र उपचारका क्रममा देखिएका कमजोरी विश्लेषण गर्दै कामलाई प्रभावकारी बनाउन नियमितजसो सचिवहरुसँग बैठक गरी अगाडि बढिएको प्रमुख सचिव नेपालले बताए ।
पोखरामा प्रदेश सरकारमातहत सुविधासम्पन्न अस्पताल नहुँदा जटिल खालका बिरामीको व्यवस्थापनमा केही असहजता भए पनि छिटै यसको निराकरण गरिने उनले प्रतिबद्धता जनाएका छन् ।
पोखरामा रहेका २ मेडिकल कलेजहरुसँग समेत सहकार्य गरेर जिल्लाहरुमा आउटरिच सुविधा पुर्याउने सकिने बारेमा समेत छलफल प्रारम्भ भएको उनले बताए ।
कोरोनाको प्रभाव व्यक्तिपिच्छे फरक हुने भएकाले यसबाट बच्न आफै सजगता अपनाउन उनले आग्रह गरेका छन् ।
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर कोरोना पुष्टि भएपछि निवासमै आइसोलेसनमा छन् ।
प्रदेश सभा सदस्यहरु दीपक कोइराला, गायत्री गुरुङ, रामबहादुर गुरुङ, विनोद केसी पनि आइसोलेसनमै छन् । विधायन समिति सभापति मोहनप्रसाद रेग्मी ४० दिनपछि संक्रमणमुक्त भएका छन् ।
मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे दम्पति पनि कोरोना संक्रमणमुक्त भएर नियमित काममा फर्केका छन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया