राष्ट्रिय संगीतकर्मी संघको आकस्मिक रक्तदान

समाधान संवाददाता, पोखरा
कोरोना महामारीको समयमा अस्पतालका बेडमा उपचारत बिरामीहरुलाई रगतको कमी नहोस् भन्ने हेतुले संगीतकर्मी संघ कास्कीले शनिबार आकस्मिक रक्तदान कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेर संगीतकर्मी संघले अत्यन्तै राम्रो कार्य गरेमा धन्यवाद दिँदै अन्य कार्यक्रम गर्दा वडा पनि साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना बास्तोला, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रीय सदस्यहरु राजकुमार हुमागाईं र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतमलगायतले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
वडाध्यक्ष शंकर बास्तोला, केन्द्रीय सदस्यहरु राजकुमार हुमागार्इं र सन्तोष अधिकारी, कास्की जिल्ला सल्लाकार कृष्ण रानाभाट लगायतले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका कार्यक्रम संयोजक प्रकाश सापकोटाले बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसंचार केन्द्रका स्वास्थ्य कर्मचारीहरु महेन्द्र केसी, समीक्षा अधिकारी र अस्मिता पौडेलले प्राविधिक सहयोग गरेका थिए ।
संघका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठले स्वागत र सचिव जौमाया हिताङले कार्यक्रम सञ्चालन गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया