खुर्बादी हुँडिकोट लिफ्टिङ खानेपानीमा दामोदर

समाधान संवाददाता २०७७ कार्तिक २३ गते ९:२६

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नं ३३ स्थित खुर्बादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिँचाइ उपभोक्ता समितिको सातौं अधिवेशन तथा आठौं साधारणसभा शनिबार भएको छ ।

अधिवेशनले कृष्ण पौडेल (दामोदर)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्ष डोलराज पौडेल, सचिव सीता महत, कोषाध्यक्ष विकास महत र सदस्यहरू रविन पौडेल, रामचन्द्र पौडेल, मनबहादुर भुजेल, डम्बरबहादुर विश्वकर्मा र फूलमाया परियार छन् ।

कार्यसमिति चयनका लागि वासुदेव पौडेलको संयोजकत्वमा लोकबहादुर महत र कमलप्रसाद पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

Advertisement

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक पौडेलले अबिरको टीका लगाएर बधाई तथा शुभकामना व्यक्त गरे ।

निवर्तमान समितिका अध्यक्ष चेतबहादुर महतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेल(दामोदर)ले सबैको साथ र सहयोगमा खानेपानी सेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

साधारणसभामा समितिका अध्यक्ष चेतबहादुर महतले खानेपानीको चरम समस्या भोगिरहेको अवस्थामा सबैको साथ र सहयोगमा लिफ्टिङ प्रविधिका माध्यमबाट खानेपानी सुविधा सञ्चालनमा ल्याइएको स्मरण गर्दै यसको दीर्घकालिन व्यवस्थापनमा सबैको साथ र सहयोगको आवश्यकता औंल्याए ।

२०६५ देखि सञ्चालनमा आएको खानेपानी योजनाबाट यहाँका १२७ घर परिवार प्रत्यक्ष लाभान्वित बनेको उनले बताए ।

समितिका सचिव सदनकुमार महतले खानेपानी योजनालाई प्रभावकारी व्यवस्थापनका लागि गरिएका प्रयासबारे जानकारी गराउँदै सबैको एकताबद्ध प्रयासबाट मात्रै हरेक सामाजिक कामले सफलता हासिल गर्ने उल्लेख गरे ।

साधारणसभाले सचिव महतद्वारा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्मको आर्थिक प्रतिवेदनका साथै सचिवको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा स्थानीय युवा रविन पौडेल, डम्बरबहादुर विश्वकर्मा, कमलप्रसाद पौडेल लगायतले खानेपानीको समुचित व्यवस्थापन लगायत विषयमा आआफ्ना सुझाव दिए ।

उक्त अवसरमा निर्वतमान समितिका सचिव सदनकुमार महतले नवनिर्वाचित सचिव सीता महतलाई बैठक पुस्तिका हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया