वारागुङका दलित परिवारलाई सामूहिक बाख्रा बितरण

सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउपालिकाले बाख्रा बितरण गरेको छ ।
गाउपालिकामा रहेका गरिब तथा बिपन्न समूदयाको जिवन स्तर उकास्दै उनीहरुमा उद्यमशिलताको बिकास गर्ने उद्देश्यले उक्त वडाका ८ घरधुरी दलित समूदायलाई बाख्रा बितरण गरिएको प्रमूख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार चालु आर्थिक वर्षको बिनियोजित बजेट मार्फत वडा नम्बर ४ का बिपन्न दलित समूदायलाई २ लाख ८८ हजार बराबरको ३६ वटा बाख्रा उपलब्ध गराएको हो । उनका अनुसार गाउपालिकाले तोकेको शर्त बमोजिम दलित जागरण भेडाबाख्रा पालन उपभोक्ता समितिलाई बाख्रा बितरण गरिएको हो । गाउपालिकाले उपलब्ध गराएको बाख्रा पालन १० वर्ष सम्म समितिले निरन्तरता दिनुपर्ने,५ वर्ष सम्म कारणबस बाख्राको संख्या घटेमा समितिलेनै पूर्ति गर्नुपर्ने र पालन गरेको ३ वर्षपछि समितिले उत्पादन गरेको बाख्रा गाउपालिकाले तय गरेको अन्य समितिलाई उपलब्ध गराउनु पर्ने सम्झौता भएको रेग्मीले जानकारी दिए ।
दलित जागरण भेडा बाख्रा पालन उपभोत्ता समितिले गाउपालिका उपलब्ध गराएको ३६ वटा बाख्रामा थप ३ लाख बराबरको ३० वटा उन्नत जातको बाख्राको जोहो गरेको समितिका सचिव लक्ष्मण सेन्चुरीले बताए । उनले वडाको बिपन्न दलितको जिवन स्तरलाई माथि उठाई व्यवसायिक बनाउन समितिले थप पहल गरेको जानकारी दिए । उनले समितिले यसैवर्ष देखि बाख्रा पालनलाई व्यवस्थित गराउन बाख्राको संख्या बृद्धि गर्दै ६३ वटा पूर्याएको बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी र वडाअध्यक्ष तेन्जिङ नाम्गेल गुरुङले बाख्रा पालन उपभोत्ता समितिका पदाधिकारीहरुलाई सामूहिक रुपमा बाख्रा हस्तान्तरण गरे । प्रमुख जिल्ला अधिकारीले क्षेत्रीले समृद्ध नेपाल ,सुखी नेपालीको नारालाई सार्थक निश्कर्षमा पूर्याउन गाउपालिकाले समाजमा रहेका बिभिन्न तहतप्काका मानिसको जिवनस्तर बृद्धि गर्न यसप्रकारको कार्यक्रम ल्याउनु स्वागतयोग्य भएको बताए ।
दलित समूदाय सदियौदेखि आर्थिक रुपले पछाडी पर्दै आईरहेकाले स्थानीयतहले उपलब्ध गराएका अवसरको भरपूर सदपयोग गर्न आग्रह गरे । वडाअध्यक्ष तेन्जिङ गुरुङले गाउपालिकाका ५ वटामा आर्थिक स्वरोजगारका अवसर सृजना गर्न गाउपालिकाले कार्यक्रम ल्याएको जानकारी दिए । उनले समूदायको अनुभव र क्षमताका आधारमा गाउपालिकाले लगानी गर्ने उल्लेख गरे ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया