भरुवा बन्दुकसहित भीमादका टुकबहादुर पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक २५ गते १२:२४
sdr

समाधान संवाददाता, पोखरा

भरुवा बन्दुकसहित तनहुँमा प्रहरीले १ पुरुषलाई पक्राउ गरेको छ ।

बन्दुक लिएर हिंडिरहेका भीमाद नगरपालिका २ बन्दिछाप सिमलबोट बस्ने ६० वर्षे टुकबहादुर थापालाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले सोमबार पक्राउ गरिएको हो ।

Advertisement

भरुवा बन्दुक बोकेर हिंडेको देखेपछि प्रहरीसम्म खबर पुगेको थियो ।

पक्राउ परेका थापामाथि हातहतियार मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया