उपकुलपति अर्यालको स्वागत

समाधान संवाददाता, पोखरा
पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपाल (ओपेन) ले नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्याललाई स्वागत गरेको छ ।
कार्यक्रममा उपकुलपति अर्यालयले विद्यार्थीहरूको सर्वोपरि हित केन्द्रमा राखेर विश्वविद्यालयलाई माथि उठाउन सबैले होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिए ।
उपकुलपतिले विद्यार्थीको वेदना बुझेर उनीहरूको इज्जत र प्रतिष्ठा बचाउन सके मात्रै विश्वविद्यालयको साख र गरिमा पनि दिगो रहने उल्लेख गरे ।
उनले विश्वविद्यालयलाईसन्तुलन र सहकार्यमा अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित पक्षसँग संवाद, वहस र छलफल गरी पूर्णकालीन पदाधिकारी नियुक्ति चाँडै टुङ्गाइने बताए ।
रातदिन नभनी विश्वविद्यालयका लागि खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपकुलपतिले नीति नियम भित्र रहेर काम गरिने, त्यो नबनेको भए बनाउने र विश्वविद्यालय आफै धानिन सक्ने गरी केही आंगिक कलेजको विस्तार, केही नयाँ कार्यक्रम सञ्चालन तथा मेडिकल कार्यक्रमका लागि हस्पिटल सञ्चालन गर्ने सोच आफूमा रहेको बताए ।
ओपेनले अनलाइन क्लासलाई आधिकारिकता प्रदान गर्नुपर्ने, फल र स्प्रिङ सेमेष्टरको परीक्षा तालिका परीक्षाको मोडालिटीसहित आउनुपर्ने, परीक्षाको दिगो विकासका लागि समयमा नै कोर्ष सकिने गरी ४ वर्षको शैक्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिस्ट्रारको जिम्मेवारी सम्हालेका प्राडा विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्का, परीक्षा नियन्त्रकको जिम्मेवारी पाएका प्राडा टेकराज ज्ञवाली, पोवि प्राध्यापक संघका सभापति हेमराज पाण्डे लगायतले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया