गण्डकीमा आज २ सय जनालाई कोरोना, संक्रमित संख्या १० हजार नजिक

समाधान संवाददाता २०७७ कार्तिक २७ गते १८:३३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार २ सय जनालाई कोरोना पुष्टि भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १० नजिक पुगेको छ ।

बिहीबार थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ पुगेको छ ।

Advertisement

पोखरा २ सरकारी र १ निजी ल्याबमा गरिएको परीक्षणमा बिहीबार १० जिल्लाका २ सय जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

६ सय ४७ स्वाब परीक्षण गर्दा कास्कीका ६९, नवलपुरका ४८, तनहुँका ४७, स्याङ्जाका १२, लमजुङका ८, पर्वत र बाग्लुङका ५/५, मुस्ताङका ३, गोरखाका २ र म्याग्दीका १ जनामा पोजेटिभ देखिएको हो ।

Advertisement

संक्रमितमध्ये ५ हजार ९ सय ७९ जना निको भएका छन् भने १ सय १४ संक्रमितको ज्यान गएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५१, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया