नेकपा सचिवालय बैठक आज ४ बजे बस्दै

काठमाडौं
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समन्वय गरेर महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाएका हुन्।
सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
केही दिनअघि कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरेका थिए। पत्रमा तोक लगाउँदै ओलीले महासचिव पौडेललाई विधानअनुसार गर्न भनेका थिए।
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरूको मंगलबार पार्टी कार्यालय धुम्बराहीमा बसेको अनौपचारिक बैठकले विहिबार सचिवालय बैठक बोलाउन सहमति जनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो।
पछिल्लो समय नेकपाभित्र देखिएको विवादबारे छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरूले सचिवालय बैठक बोलाउन माग गर्दै आइरहेका थिए।
तर, अर्का अध्यक्ष ओली भने बैठक बोलाउन नचाहेको उनीहरूको आरोप थियो।









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया