पोखराका ४ संक्रमितको मृत्यु, प्रदेशमा मृतक ११८ पुगे

समाधान संवाादाता, पोखरा
गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय शुक्रबार कास्कीका ४ संक्रमितको मृत्यु पुष्टि गरेको छ ।
कास्की पोखरा महानगरपालिका २५ का ७० वर्षीय पुरुषको शुक्रबार गण्डकी मेडिकल कजेजमा निधन भएको हो । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
त्यस्तै पोखरा २० का ८३ वर्षीय पुरुषको बिहिबार होम आइसोलेसनमा निधन भएको हो । उनमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्की पोखरा १४ की ६७ वर्षीया महिलाको शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप, मुटुको समस्या थियो ।
कास्की पोखरा १५ की ५४ वर्षीया महिलाको बिहिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या थियो ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशमा शुक्रबार १ सय ७२ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७५ पुगेको छ । गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया