मनोज गजुरेल कोरोनामुक्त, घर फर्किए

समाधान संवाददाता २०७७ कार्तिक ३० गते ८:१२

काठमाडौं

चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

११ दिनको अस्पताल बसाईपछि उनी शनिबार कोरोनामुक्त भएर घर फर्किएका हुन् । कोरोना संक्रमणका कारण अवस्था जटिल बनेपछि उनलाई चार दिन आइसियूमा राखिएको थियो ।

Advertisement

अहिले आफ्नो अवस्था सामान्य भएको र घर फर्किएर आराम गरिराखेको हास्यकलाकार गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् ।

उनले लेखेका छन् – धन्यवाद तथा आभार ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।

Advertisement

गजुरेल कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका थिए । अवस्था जटिल बनेपछि उनलाई कात्तिक १९ गते बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया