देशभर थपिए १४७७ संक्रमित, ६ जनाको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक ३० गते १७:०१

काठमाडौं
देशभर पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।
त्यसैगरी २४ घन्टामा २ हजार ७ सय ९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० जना पुगेको छ।
देशभर ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया