गण्डकीमा आज १४० संक्रमित थपिए, ४ जनाको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ४ गते २१:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ९ जिल्लामा १ सय ४० संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ७७ जना छन् । नवलपुरमा २२, बागलुङमा ११, गोरखा र तनहुँमा ९/९ जना, स्याङ्जामा ५, लमजुङमा ३, मुस्ताङमा २ र पर्वतमा १ संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ६ सय ८८ पुगेको छ । तीमध्ये ५ हजार ९ सय ३८ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु पुष्टि गरेको छ ।

Advertisement

मृत्यु हुनेमा कास्की पोखरा २८ का ६० वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहीबार दिउँसो पौने १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।

कास्की पोखरा १७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको छ । कात्तिक २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

पोखरा ९ की ८३ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान साढे ७ बजे फिस्टेल अस्पतालमा निधन भएको छ । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो ।

लमजुङ बेशीसहर ५ का ७१ वर्षीय पुरुष कोरोना संक्रमितको बुधबार बेलुका पौने ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

उनमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र हेपटाइटिसको समस्या रहेको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ६५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ११, गोरखाका र बागलुङका ८/८, म्याग्दी र लमजुङका २ र पर्वतका १ जना छन् ।

तपाईको प्रतिक्रिया