पोखराबेसी सहकारीको सभा

समाधान संवाददाता, पोखरा
पोखराबेसी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ । सभा उद्घाटन गर्दै पोखरा महानगर पालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीलेसहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, त्यति सहर बजारका मानिसमा नभएको बताए ।
सञ्चालकहरुले सहकारीको उद्देश्यसिद्धान्तमा रहेर अगाडि बढ्न उनले आग्रह गरे । गाउँघरमा छोरा छोरी पढाउनदेखि विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउँदै उनले सहकारीलेसदस्यको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिए ।
नेपाल रेडक्रस कास्की शाखाका अध्यक्ष डोलराज पाण्डेले सहकारीले न्यून आर्थिकस्तर भएका सदस्यहरुको जीवनस्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए ।
अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनोभावना अनुरुप नै काम गरेको बताए । उनले सदस्यहरुको आर्थिकस्तर वृद्धि गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
२०७५ सालमा स्थापना भएको सहकारीको सेयर पुँजी ३ करोड ८७ लाख ८० हजार रुपैयाँ छ । ५ करोड ८८ लाख ४७ लाखभन्दा बढी लगानी गरेको सहकारीमा हाल९ सय ६७सेयर सदस्य छन् ।
सहकारीले समाजिक उत्तरदायित्व अन्र्तरगत नेपाल रेडक्रस जिल्ला शाखा कास्कीलाई ५हजार ५ सय ५५ रुपैयाँ नगद र जनजाग्रति मावि १८ लाई केही थान मास्कसहित सेनिटाइजर प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया