कर नीतिले व्यवसायीलाई छुटैछुट

समाधान संवाददाता २०७७ मंसिर ८ गते ११:२४

समाधान संवाददाता, पोखरा

नवौं राष्ट्रिय कर दिवस २०७७को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखरा र पोखरा चेम्बर अफ कमर्स कास्कीले आर्थिक ऐन तथा कर प्रशासनको बारेमा अन्तक्र्रिया गरेका छन् ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले कोरोना भाइरसबाट प्रभावित उद्योगी व्यवसायीलाई आर्थिक ऐन २०७७ले विभिन्न छुटका योजना ल्याएको जानकारी दिए ।

Advertisement

‘आय व्यय विवरण बुझाउनेलाई कर तिर्दा ७५ प्रतिशत छुट तथा करको दायरामा आउने व्यवसायीलाई व्याजमा मिनाहाको व्यवस्था गरिएको छ, ‘उनले भने, ‘कर नीतिले गरेको छुट तथा लाभका योजनालाई प्रचार प्रसार गरी सबै व्यवसायी समक्ष पु¥याइदिन आग्रह गर्दछु ।’उनले करप्रशासनलाई प्रविधिमैत्री बनाउन व्यवसायीसंग सहकार्य गर्ने उल्लेख गरे ।

प्रमुखकर अधिकृत पोखरेलले कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब २१ करोड अर्थात ८० प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिए ।

Advertisement

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको मनोवल नबढाएसम्म अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताए ।

उनले करको दर नभई दायरा बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली लगायतले कर दिवसको बारेमा बोलेका थिए ।

‘स्वच्छ, पारदर्शी, र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ कर दिवस मनाइएको हो ।

तपाईको प्रतिक्रिया