चितवनमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चितवन, रासस
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो ।
चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएकी छन् ।
घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । उक्त शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ ।
योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया