ल्यान्डफिल्ड साइट जनसरोकार समिति गठन

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाबाट सञ्चालित ल्यान्डफिल्ड साइट प्रभावित वडा नम्बर १४ का बासिन्दाहरुको भेलाले ल्यान्डफिल्ड साइट प्रभावित जनसरोकार समिति गठन गरेको छ ।
भेलाले तत्कालीन अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन गर्न बोधराज कार्कीको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष ललितबहादुर बानियाँ, सचिव नारायणप्रसाद भण्डारी, कोषाध्यक्ष डिबी राई, सहसचिवमा किरण अधिकारी छन् ।
सदस्यमा खड्कबहादुर विश्वकर्मा, शिवप्रसाद पोखरेल, तिलकराम लम्साल, मोतीबहादुर बानियाँ, वासुदेव बानियाँ, रामचन्द्र सुवेदी, भीमबहादुर गुरुङ, चिरञ्जीवी बराल, मिलन केसी, रमेश त्रिपाठी, लक्ष्मण भण्डारी, केहरमान श्रेष्ठ, रहेको सचिव नारायण भण्डारीले जानकारी दिए ।
समितिको सदस्य इन्द्रमाया बानियाँ, सुशीला तिवारी, सरीता कार्की, पुष्पा भण्डारी, मिनालक्ष्मी पौडेल, सकुन्तला गुरुङ, बलराम गुरुङ, पोषबहादुर गुरुङ, सतबहादुर घर्तीमगर, सन्तोषी गुरुङ, क्षेत्रबहादुर गुरुङ, मदन जिसी, टीकाराम थापा र छविलाल गुरुङ छन् ।
समितिका अध्यक्ष कार्कीले ल्यान्डफिल्ड साइट सञ्चालन गर्दा महानगरपालिकाले गरेका २८ बुँदे सम्झौता कार्यान्वयन नगरेको दाबी गरे ।
उनले सम्झौता कार्यान्वयन गराउन वडा कार्यालयहुँदै महानगरपालिकासम्म जाने बताए । सम्झौता कार्यान्वयन नगरे ल्यान्डफिल्ड बन्द लगायत संघर्षका कार्यक्रम गर्ने उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया