आँधीखोलामा २ करोडको सिँचाइ आयोजना

समाधान संवाददाता २०७७ मंसिर १० गते ११:१९

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४मा टुनीखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मंगलबार आयोजनाको शिलान्यास गरे ।

Advertisement

प्रदेश सरकारको १ करोड ९१ लाख ३४ हजार ८ सय १७को लागतमा जेठ ५ गते ठेक्का सम्झौता भएको आयोजना २०७७ भदौ २४ गते सम्ममा ठेकेदार कम्पनी जयनेपाल निर्माण सेवाले काम सक्ने सम्झौता भएकोसिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका सिनियर डिभिजन इन्जिनियर हिमालय पौडेलले दिए ।

सिँचाइ आयोजना पूरा भएपछि आँधीखोला वडा नम्बर ४ का करिब १सयघर धुरीका १ हजार ५सयरोपनी क्षेत्रफलमा खेती गर्ने किसानहरू लाभान्वित हुने पालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।

Advertisement

उनले आयोजना सम्पन्न भएपछि आकासेपानीको भर पर्नुपर्ने बाध्यताको अन्त्यहुँदै कृषि उत्पादन बढ्ने बताए ।

मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ सडक कालोपत्रे हुन लागेको बताए ।

२ सडकको काम सुुरु भइसकेको जानकारी दिँदै उनले ७ सडक समेत यसै वर्ष कालोपत्रे हुने उल्लेख गरे । गण्डकी प्रदेशभर ६० नयाँ पुल बन्दै गरेकोमा ८ पुल स्याङ्जामा रहेको मन्त्री बस्नेतले जनाए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा,पर्वतको फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेकपाका प्रतिनिधि विष्णु पौडेल, नेपाली कांग्रेसका प्रतिनिधि प्रेमराज पौडेल, आँधीखोला गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, आँधीखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चिन्तामणि पौडेल, कुस्मा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष भीम गुरुङ लगायतले सिँचाइ आयोजनाबारेबोलेका थिए ।

तपाईको प्रतिक्रिया