नेकपामा अहिले कल्याङकुलुङ मात्रै बढी भएको होः पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं ।
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए ।
नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उनले भन, “नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन, हल्ला गर्नेले दुई वर्षपछि मात्रै विचार गर्नू ।”
प्रतिपक्षी पार्टीमा पनि विवाद भइरहेकाले लोकतन्त्रमा पार्टीभित्र पनि केही विवाद हुनु स्वाभाविक रहेको उनको तर्क थियो ।
प्रतिस्पर्धाको युग आइसकेकाले पार्टीभित्र विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया