गण्डकीमा आज थपिए १६५ संक्रमित, १ जनाको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर १० गते २१:२१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेशका ८ जिल्लामा १ सय ६५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ६७ जना छन् । नवलपुरमा ६३, तनहुँमा ११ संक्रमित थपिएका छन् । बागलुङमा ८, स्याङ्जामा ६, पर्वतमा ५, गोरखामा ३ जना संक्रमित थपिँदा लमजुङमा२संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११हजार ४ सय ७९पुगेको छ । तीमध्ये ६ हजार ५ सय ९४ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका १ संक्रमितको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा कास्की पोखरा १० का ७६ वर्षीय पुरुष संक्रमित छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित गण्डकीमा मृतक संख्या १ सय ४२ को पुगेको छ ।

गण्डकीमा आज १६५ जनामा कोरोना, १ संक्रमितको मृत्यु

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेशका ८ जिल्लामा १ सय ६५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ६७ जना छन् । नवलपुरमा ६३, तनहुँमा ११ संक्रमित थपिएका छन् । बागलुङमा ८, स्याङ्जामा ६, पर्वतमा ५, गोरखामा ३ जना संक्रमित थपिँदा लमजुङमा २ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७९पुगेको छ । तीमध्ये ६ हजार ५ सय ९४ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।निर्देशनलायका अनुसार कास्कीका १ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्की पोखरा १० का ७६ वर्षीय पुरुष संक्रमित छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित गण्डकीमा मृतक संख्या १ सय ४२ को पुगेको छ ।

तपाईको प्रतिक्रिया