सर्वेश्वर सहकारीको रक्तदान

समाधान संवाददाता, पोखरा
सर्वेश्वर सहकारी संस्थाले बुधबार गरेको कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालि की वडा सदस्य सरस्वती नेपालीले पहिलो रक्तदाता सेयर सदस्य कृष्णबहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिन् ।
उनले सहकारीले नाफाका लागी मात्र नभई समाजमा सकरात्मक सन्देश दिने खालका कार्यक्रम राखेर अगाडि बढ्न सहकारीसँग आग्रह गरिन् ।
संस्थाका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वस्थ मानिसले ३ ÷३ महिनामा रक्तदान गर्न सकिने बताए ।
संस्थाका सल्लाहकार चन्द्रकान्त पौडेलले सहकारीले स्थापनाको छोटो समयमा उदाहरणीय काम गरेर स्थानीयको मन जित्न सफल भएको बताए ।
संस्थाकी सचिव अमृता बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष डम्बरप्रसाद पौडेलले गरेका थिए ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया