बाग्लुङका चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी

समाधान संवाददाता, काठमाण्डाैं ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा बाग्लुङका चन्द्र ढकाल निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ढकाललाइ बाग्लुङ उद्याेग बाणिज्य संघले वरिष्ठ उपाध्यक्षकाे उमेद्वार बनाएकाे थियाे ।
योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
३० प्रतिशत मत भार रहेको एशाेसिएटमा चन्द्र ढकालले ५२२ र किशाेर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेकाे वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशाेर प्रधानले ५३ मत ल्याए ।
ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया