‘जन्मजात कार्यकर्ता हुन छोड्नुपर्छ’

समाधान संवाददाता २०७७ मंसिर १४ गते १०:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलको जन्मजात कार्यकर्ता हुन जनताले छोडेमात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताएका छन् ।

पोखरा जेसिजको ४१ औं शाखा अधिवेशन तथा ४६ औं वार्षिक साधारण सभा उद्घाटनपछि यस्तो बताएका हुन् ।

Advertisement

नेताको छत्रछायाँमा रहेपछि सबै प्राप्त हुन्छ भन्ने विचार हटाइ रुल अफ ल जनताले पालना गर्नुपर्ने उनले तर्क गरे ।

आत्मकेन्द्रित र वंशवादको नेतृत्व भ्रष्टाचारको कारक भएको उनको भनाइ थियो ।

Advertisement

वंशवाद र पारिवारिक राजनीतिबाट मुक्त गराउने गरी काम गर्न जेसिज नेतृत्वलाई उनले सुझाए ।

मुख्यमन्त्री गुरुङले प्रक्रियाका नाममा झमेला हुने गरी नियम बनाइएको तर नतिजा नहेरिँदा विकासमा बाधा पुगेको सुनाए ।

पोखरा जेसिजका संस्थापक अध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै युवाहरु नातावाद र कृपावादमा लागिरहे देश समृद्ध नबन्ने बताए ।

देश विकासका लागि युवा गतिशील हुनुपर्ने धारणा राखे ।

जेसिज वर्ष २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष हरिकृष्ण बास्तोला, भकुण्डेबेसी जेसिजका अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष रुक्मणि सिग्देल, महासचिव अनन्त प्रधानांग, राष्ट्रिय प्रशिक्षक शिव सुवेदी, नारायण शर्मा लगायतले बोलेका थिए ।

यसैबीच पोखरा १८ सराङकोटस्थित मणिज्योति आविका ४ जना विद्यार्थीलाईडाइनियल इकेनी छात्रवृत्तिवितरण गरिएको थियो ।

कार्यक्रममा जेसिज विद्यापदक, नेटिज रनिङ अवार्ड, नारायण लक्ष्मी अवार्ड, टेकलक्ष्मी श्याम अवार्ड, मिलेर गरौं अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया